बोध नारायण श्रेष्ठ — राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

प्रतिनिधि सभा सदस्य · धादिङ-२ को परिवर्तनको साझा आवाज

बोध नारायण श्रेष्ठ

म, बोध नारायण श्रेष्ठ, धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य, विकास, सुशासन र जिम्मेवार राजनीतिप्रति प्रतिबद्ध एक अभियन्ता हुँ। मेरो स्पष्ट विश्वास छ — राजनीति पदका लागि होइन, जिम्मेवारीका लागि हो; नेतृत्व विशेषाधिकारका लागि होइन, सेवा र उत्तरदायित्वका लागि हो; र विकास नाराहोइन, परिणाममा देखिनुपर्छ। यही सोचका साथ म पारदर्शी, उत्तरदायी र परिणाममुखी शासन प्रणाली निर्माणको पक्षमा उभिएको छु।

धादिङ-२ निर्वाचन क्षेत्र
RSP राजनीतिक दल
सुशासन मुख्य प्रतिबद्धता
परिवर्तनको यात्रा

धादिङको माटोमा हुर्किएको आवाज

युनिसेफ नेपालमा १७ वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) अधिकृतका रूपमा ६ वटा प्रदेशमा काम गर्दा मैले ग्रामीण बस्तीका आधारभूत आवश्यकता र विकास कार्यान्वयनका चुनौतीहरूलाई नजिकबाट बुझेको छु। विकास योजनालाई समुदायको जीवनस्तरसँग प्रत्यक्ष जोड्नु नै मेरो कार्यशैली हो। यसका साथै, सन् २०१५ को विनाशकारी भूकम्प, विभिन्न वर्षका बाढीपहिरो र कोभिड-१९ महामारी जस्ता कठिन विपद्‌मा प्रभावित समुदायसँगै अग्रपंक्तिमा रहेर राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेको छु। लामो समयको विकास अभ्यास र संकट व्यवस्थापनको अनुभवले मलाई पारदर्शी निर्णय क्षमता र मानवीय संवेदनशीलताको महत्व गहिरोसँग सिकाएको छ।

संघीयता कार्यान्वयनका क्रममा तीनै तहका सरकारसँग समन्वय गरी नीति तथा कानून निर्माणमा संलग्न हुँदा मैले संस्थागत सुदृढीकरणको महत्वलाई नजिकबाट नियाल्ने अवसर पाएँ। नेपाल रेडक्रस सोसाइटीमा नेतृत्वदायी भूमिका, बुढीगण्डकी जलविद्युत् आयोजनामा सामाजिक सल्लाहकार र ज्वालामुखीस्थित बुढीगण्डकी क्याम्पसको संस्थापक अध्यक्षका रूपमा काम गर्दा मेरो व्यवस्थापकीय र समन्वयकारी क्षमता अझ खारिएको छ। विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गर्दै शैक्षिक विकासमा पुर्‍याएको योगदान मेरो निरन्तरको सामाजिक प्रतिबद्धता हो। ग्रामीण विकासमा स्नातकोत्तर र राजनीति शास्त्रमा स्नातक तहको अध्ययनले मेरो यही व्यावहारिक अनुभवलाई वैचारिक र नीतिगत रूपमा थप मजबुत बनाएको छ।

“धादिङको माटोले मलाई सङ्घर्ष सिकायो, र यहाँका जनताले मलाई नेतृत्वको जिम्मेवारी सुम्पिनुभयो। अब मेरो एउटै सङ्कल्प छ — यो विश्वासलाई सुशासन र परिणाममुखी विकासमा रूपान्तरण गर्ने।”

— बोध नारायण श्रेष्ठ, प्रतिनिधि सभा सदस्य
Ekantipur Article

कान्तिपुर · २०२६

विकास र सुशासनको अभियानबाट प्रतिनिधि सभासम्म

पूरा लेख पढ्नुहोस् →

गाउँलाई रूपान्तरण गर्दै, राष्ट्रलाई जोड्दै: धादिङको लागि एउटा संकल्प

सुशासन र संस्थागत सुधार

  • संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, प्रहरी ऐनलगायत लामो समयदेखि अड्किएका कानूनहरूको व्यवहारिक र समयबद्ध निकासका लागि पहल गर्ने।
  • संसद तथा संसदीय समितिहरूमा अध्ययन, तथ्य र प्रमाणमा आधारित सक्रिय भूमिका निर्वाह गर्ने।
  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लागू गर्दै नागरिक सहभागितामा आधारित सुशासन महाअभियान सञ्चालन गर्ने।
  • सम्पूर्ण ठेक्का–पट्टा तथा विकास आयोजनाहरू समयसीमाभित्र सम्पन्न हुने सुनिश्चित व्यवस्था गर्ने।
  • भ्रष्टाचारमुक्त प्रशासन, प्रभावकारी सेवा प्रवाह र समान अवसरमार्फत जनविश्वास सुदृढ गर्ने।
  • निर्वाचन क्षेत्रका सबै वडासँग प्रत्यक्ष जोडिने e-platform तथा मोबाइल एप विकास गर्ने।
  • प्रत्येक ४ महिनामा संसदमा गरेको कामको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने।
  • E-governance र मोबाइलमैत्री सेवा प्रणाली विकास गर्दै सरकारी कार्यालयहरूको पूर्ण Digitization गर्ने।
  • दीर्घकालीन दृष्टिकोणसहित २० वर्षे "धादिङ विकास योजना" निर्माण गर्ने।

उत्पादनमुखी अर्थतन्त्र र रोजगारी

  • कृषि, पर्यटन, उद्योग, ऊर्जा तथा साना–मझौला उद्यमलाई प्राथमिकतामा राख्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने।
  • धादिङको उत्तरी भेगका खनिज स्रोतको वैज्ञानिक, पारदर्शी र व्यवस्थित उपयोग सुनिश्चित गर्ने।
  • स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी युवालाई स्वरोजगारतर्फ प्रोत्साहित गर्ने।
  • उद्योगहरूमा part-time, overtime तथा तीन सिफ्टमा काम गर्ने वातावरण निर्माणका लागि नीतिगत पहल गर्ने।
  • जडीबुटी, कृषि तथा सामुदायिक वनमा आधारित एग्रो–प्रोसेसिङ उद्योग स्थापना गर्ने।
  • अर्गानिक खेती प्रवर्द्धन, सहकारी सुदृढीकरण, Contract Farming र ई–बजार प्रणाली विकास गर्ने।
  • धादिङबेसी बजार सुदृढीकरण गर्दै धार्मिक तथा ग्रामीण पर्यटन करिडोर विकास गर्ने।
  • होमस्टे व्यवस्थापन तालिम, ट्रेकिङ गाइड प्रशिक्षण तथा eco-tourism स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन गर्ने।
  • डिजिटल सीप विकास, IT प्रशिक्षण हब स्थापना तथा रिमोट इन्टर्नसिप कार्यक्रममार्फत युवालाई वैश्विक अवसरसँग जोड्ने।
  • पूर्वाधार विकासलाई स्थानीय रोजगारी सिर्जनासँग प्रत्यक्ष रूपमा जोड्ने।

स्वास्थ्य र सामाजिक सुरक्षा

  • आधारभूत स्वास्थ्य सेवा सबै नागरिकका लागि पहुँचयोग्य र गुणस्तरीय बनाउने, साथै धादिङ अस्पतालको पूर्वाधार, जनशक्ति र विशेषज्ञ सेवा स्तर उन्नति गर्ने।
  • Telemedicine सेवा विस्तार गरी दुर्गम बस्तीलाई विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्ने।
  • प्रत्येक पालिकामा सुविधासम्पन्न एम्बुलेन्स तथा आकस्मिक सेवा प्रणाली सुदृढ गर्ने।
  • मातृ तथा शिशु स्वास्थ्य, पोषण र मानसिक स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिने।
  • ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा विपन्न वर्गका लागि सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी र पारदर्शी बनाउने।

शिक्षा र मानव पुँजी विकास

  • सार्वजनिक विद्यालयहरूमा ICT पूर्वाधार विस्तार गर्दै डिजिटल शिक्षा कार्यक्रममार्फत शैक्षिक विभेद न्यूनीकरण गर्ने।
  • जीवनोपयोगी सीप, प्राविधिक तथा उद्यमशीलता शिक्षालाई विद्यालय र कलेज तहमा संस्थागत गर्ने।
  • शिक्षा ऐन निर्माण र कार्यान्वयनमार्फत गुणस्तरीय निःशुल्क तथा समावेशी शिक्षा सुनिश्चित गर्ने।
  • "सिक्दै, कमाउँदै, रमाउँदै" अवधारणामा आधारित सीपमूलक र व्यवहारिक शिक्षा प्रणाली लागू गर्ने।
  • शिक्षक तथा कर्मचारीको न्यायोचित व्यवस्थापन, तालिम र क्षमता अभिवृद्धि सुनिश्चित गर्ने।
  • उच्च शिक्षा, अनुसन्धान र रोजगारबीच प्रभावकारी समन्वय स्थापित गर्ने।

पूर्वाधार र कनेक्टिभिटी

  • बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा निर्णायक पहल गर्दै प्रभावित समुदायको न्यायोचित व्यवस्थापन सुनिश्चित गर्ने, साथै अन्य सम्भावित जलविद्युत् आयोजनाहरूको निर्माणमा सहजीकरण गर्ने।
  • धादिङबेसी–तिप्लिङ सडकसहित सबै प्रमुख सडकहरू स्तरोन्नति गरी १२ महिना सञ्चालनयोग्य बनाउने तथा ग्रामीण सडकहरूको दिगो मर्मत–सम्भार प्रणाली विकास गर्ने।
  • गुणस्तरीय मोबाइल नेटवर्क र उच्च गतिको इन्टरनेट सेवा जिल्लाभर विस्तार गरी डिजिटल कनेक्टिभिटी सुदृढ गर्ने।
  • घरघरमा स्वच्छ खानेपानी सुनिश्चित गर्दै कृषि उत्पादन वृद्धि गर्न सिँचाइ पूर्वाधार विस्तार र आधुनिकीकरण गर्ने।
  • पुल, झोलुङ्गे पुल तथा सामुदायिक पूर्वाधारलाई सुरक्षित र दिगो बनाउने।

वातावरण संरक्षण र विपद् व्यवस्थापन

  • "हरित बस्ती, हरित सडक" अभियानलाई वृक्षारोपण, जैविक विविधता संरक्षण र स्थानीय हरित पूर्वाधार विकाससँग जोडेर सञ्चालन गर्ने।
  • वैज्ञानिक फोहर व्यवस्थापन प्रणाली लागू गर्दै स्रोतमा फोहर वर्गीकरण, पुनःप्रयोग र प्रशोधन केन्द्र स्थापना गर्ने।
  • विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, द्रुत उद्धार, राहत तथा पुनर्निर्माण कार्यलाई प्रविधिमैत्री र संस्थागत रूपमा सुदृढ गर्ने।
  • प्रत्येक पालिकामा विपद् व्यवस्थापन कोष र तालिमप्राप्त स्वयंसेवक संरचना विकास गर्ने।

अध्ययन, अनुसन्धान र नवप्रवर्तन

  • तथ्य, तथ्याङ्क र प्रमाणमा आधारित नीति निर्माण प्रणाली विकास गर्ने।
  • धादिङमा बहुआयामिक अध्ययन–अनुसन्धान तथा नीति सहयोग केन्द्र स्थापना गर्ने।
  • कृषि, पर्यटन, ऊर्जा, प्रविधि र स्थानीय उद्योग क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने।
  • युवामैत्री स्टार्टअप तथा इनोभेसन हब स्थापना गरी नयाँ सोच र प्रविधिलाई बजारसँग जोड्ने।
  • स्थानीय समस्या समाधानका लागि विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग सहकार्य बढाउने।

प्रवास र ब्रेन गेन

  • प्रवासी धादिङेहरूको ज्ञान, सीप र पुँजीलाई जिल्लाको विकास र समृद्धिसँग संस्थागत रूपमा जोड्ने।
  • Brain Drain न्यूनीकरण गर्दै Brain Gain उन्मुख स्पष्ट नीति निर्माण गर्ने।
  • न्यून ब्याजदरमा स्टार्टअप फन्ड स्थापना गरी युवा तथा नवउद्यमीलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराउने।
  • प्रयोगमा नआएका सार्वजनिक तथा निजी जग्गालाई उत्पादन, कृषि, उद्योग र उद्यमका लागि भाडामा उपलब्ध गराउने व्यवस्था मिलाउने।
  • विदेशबाट फर्किएका युवाको सीप, अनुभव र प्रविधिलाई स्थानीय अवसर र उद्योगसँग प्रत्यक्ष जोड्ने।
  • महिला तथा युवामैत्री उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी समावेशी आर्थिक सशक्तीकरण सुनिश्चित गर्ने।

सामाजिक न्यायसहित समावेशी विकास

  • समान अवसर र सामाजिक न्यायमा आधारित विकास नीति।
  • सबै वर्ग, लिङ्ग, धर्म, जाति, भाषा र क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्ने।
  • विविध भाषा, भेषभूषा र सांस्कृतिक पहिचानको संरक्षण र सम्मान गर्ने।

सेवाको कालरेखा

२०८२

प्रतिनिधि सभा सदस्यको उम्मेदवारी

२०८२ फागुन २१ को चुनावमा धादिङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी।

२०८२

प्रतिनिधि सभा सदस्य

विकासतर्फको यात्रा अब सुरु हुन बाँकी छ।

विशेष भिडियो सामग्री

सिधा कुरासँग अन्तर्वार्ता

हिमेश पन्तसँग पोडकास्ट

सम्पर्क गर्नुहोस्

बोध नारायण श्रेष्ठ (धादिङ-२ का प्रतिनिधि) सँग सम्पर्क गर्न, कृपया फारम भर्नुहोस् वा कार्यालयमा सिधै सम्पर्क गर्नुहोस्।


📍 कार्यालय ठेगाना
धादिङ-२, धादिङ जिल्ला


📧 rsp.bodhnarayan@gmail.com


📞 +९७७ ९८५१११३५१०